बाबुरामको नयाँ शक्तिले पायो चुनाव चिन्ह ‘आँखा’

काठमाडौं, माघ ६ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा बनाउने भएको छ । यसअघि तारा चिन्ह बनाउने बताएको नयाँ शक्तिले सो नपाएपछि आँखा बनाउने तयारी गरेको नयाँ शक्ति नेपालका संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जनाकारी दिए ।

हामी तारा चिन्ह नै लिन चाहन्थ्यौं तर, अर्कै दलका नाममा दर्ता रहेछ । सकभर चुनाव चिन्ह जनतालाई प्रभाव पार्ने खालकाे हाेस भन्ने चाहेका थियौं साेही क्रममा पार्टीको बैठकले नै अाँखा राख्ने निर्णय गरेको हो, उनले भने ।

आज पार्टीको राजनीतिक समितिको बैठक बसेर आँखा चिन्हको औपचारिक निर्णय गर्न लागेको पौडेलले जानकारी दिए । बैठक सकिए लगत्तै नयाँ शक्तिले नयाँ चिन्ह दर्ता गरिदिन निर्वाचन आयोगमा निवेदन दिने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: