नेपाल इन्डोनेसियासँग सहकार्य गर्न इन्छुकः प्रधानमन्त्री

काठमाडौँ, माघ ६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका नेपालका लागि इन्डोनेसियाका राजदूत इवान विरान्ता अत्मड्जाले आज प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन् ।

सो अवसरमा दाहालले गत वर्षको भूकम्पको विपत्तिका बेला इन्डोनेसिया सरकारले नेपाली जनतालाई सहयोग गरेकोमा राजदूत र इन्डोनेसिया सरकारलाई धन्यवाद दिएका थिए ।

याे पनि पढ्नुस  ‘सर्वोच्चको फैसलाले सहमतिका लागि प्रेरित गरेको छ’– प्रधानमन्त्री प्रचण्ड

भूकम्पपश्चात् इन्डोनेसिया सरकारका तर्फबाट आफ्ना विपद्का समयमा खोज तथा उद्धार गर्ने जनशक्ति र चिकित्सक टोली काठमाडौँ आएको थियो ।

प्रधानमन्त्री दाहालले इन्डोनेसियाको इतिहास र संस्कृति आफ्ना लागि धेरै नै शिक्षाप्रद भएको भन्दै आगामी दिनमा इन्डोनेसियासँग पर्यटन, जलविद्युत् र आर्थिक विकासका क्षेत्रमा नेपाल सहकार्य गर्न इच्छुक रहेको धारणा राखेको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।

याे पनि पढ्नुस  कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धि–प्रधानमन्त्री प्रचण्ड

सो अवसरमा राजदूत अत्मड्जाले नेपाललाई फ्रि र अन्एराएवल भिसाको व्यवस्था गरिएको जानकारी दिएको सचिवालयले विज्ञप्तिमा जनाएको छ । सो अवसरमा इन्डोनेसियाका लागि नेपालका अवैतनिक राजदूत चन्द्र ढकालको समेत उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्