काठमाडौं, माघ ६ । नेपाः राष्ट्रिय पार्टीले आफ्ना एकजना मात्रै सांसद लक्ष्मण राजवंशीलाई कारवाही गरेर निष्कासन गरेको छ । उनी पार्टीको मानार्थ सदस्य र सांसद थिए ।
बुधबार बसेको पार्टीको केन्द्रीय बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरिएको नेपाः पार्टीका महासचिव डा. विजय सैंजुले जानकारी दिए ।
संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्तावबारे पार्टीले दिएको लिखित निर्देशन विपरित नेवाः प्रदेश र पहिचानका लागि भैरहेको आनदोलन विरोधीको गठबन्धनमा गएर पहिचान विरोधी गतिविधि गरेको ठहर गर्दै बैठकले राजवंशीलाई निष्कासन गर्ने निर्णय गरेको हो ।
सिद्धार्थ वनस्थली स्कूलका संस्थापक प्रिन्सिपल रहेका राजवंशीलाई नेपाः राष्ट्रिय पार्टीले आफ्नो दलको तर्फबाट संविधानसभामा पठाएको थियो ।