काठमाडौं, माओत्सेतुङ सत्तामा भएको बेला, सन् १९६२ । हिमालयन क्षेत्रको सीमाक्षेत्रमा विवाद भएपछि भारत र चीनबीच युद्ध शुरु भयो । भारतीय सैनिकहरुले भरमग्दूर कोशीस गरे जित्नका लागि । तर अन्ततः चिनियाँ जनमुक्ति सेनाका सामु भारतको केही सीप चलेन ।
सन् १९५९ मा तिब्बतमा विद्रोहका घटना भएपछि भारतले दलाई लामालाई शरण दिएको थियो । यो विषय चीनका लागि सह्य थिएन । चीन र भारतबीच हिमालय क्षेत्रमा ३ हजार २ सय २५ किलोमिटर लामो सीमाका कैयन् स्थानमा दुबै पक्षले दाबी गरेपछि राजनीतिक विवाद चर्किएको थियो । पछि २० अक्टोबर १९६२ मा प्रधानमन्त्री चाउएनलाईले भारतमाथि आक्रमण गरे ।
हिमालयमा युद्ध त्यति सहज थिएन । अचम्मको कुरा त के छ भने यति ठूला युद्ध र झन हिमालय क्षेत्रमा भएको लडाईमा पनि दुबै पक्षबाट हवाई आक्रमण भएन । स्थल युद्ध नै चल्यो न त भारतले विश्वका कुनै देशबाट सहायता नै पायो । त्यो बेला भारत रुसको प्रभाव क्षेत्रमा थियो । उता रुस र चीनबीच पनि त्यतिखेर सीमा र सैद्धान्तिक विवाद चर्किएको थियो ।
रक्षा क्षेत्रमा चीन अहिले अमेरिकापछि संसारको शक्तिशाली देशका रुपमा चिनिन्छ । यता भारतले समते परमाणु अस्त्रदेखि अन्य सैन्य क्षेत्रमा अभूतपूर्व विकास गरेको छ ।
यो घटनाबाट भारतीय पक्षले निकै ठूलो पाठ सिक्यो । त्यसपछि होला भारतीय सैन्य क्षमता एकाएक बढाइयो । खासगरी कठिन पहाडमा युद्ध गर्न सकिने किसिमका बटालियनहरु भारतीय सेनाले स्थापना गर्यो । रुस र पछि अमेरिकाले समेत भारतलाई यसका लागि प्रशिक्षित गर्ने काम गर्यो ।
सधैं तनावमय सम्बन्ध
भारत र चीनबीच सधैं तनावको सम्बन्ध रही आएको छ । भारतीय मिडियाहरुले खासगरी चीनविरुद्ध प्रचारबाजी गर्दै आएका छन् । चीन भारतको दुश्मन भन्ने आम नारा र मानसिकता निर्माण गर्न उनीहरु सफल समेत भएका छन् ।
सीमा क्षेत्रमा म्याकमोहन लाइनदेखि असाम अरुणाञ्चलसम्मका क्षेत्र, आर्थिक विवाद, भारतले चीनको एक चीन नीतिविरुद्ध खेल्दै आएको भूमिका, अमेरिका लगायतका देशहरुलाई भारतको अन्ध समर्थन जस्ता कतिपय विषयहरु सधैं विवाद बन्दै आएका छन् ।
भारत र चीनले आफ्नो देशको सुरक्षातन्त्र बलियो बनाउन वर्षभरि कति पैशा खर्च गर्छ त ?
दुई देशबीच कतिपय बेला विवाद देखिएपनि लडाईं नै हुने अवस्थमा भने यो पुगेको छैन । तर यति साँच्चिकै यी दुबै देशबीच लडाई भयो भने के होला ? यो प्रश्नको उत्तर भने त्यति सहज छैन । रक्षा क्षेत्रमा चीन अहिले अमेरिकापछि संसारको शक्तिशाली देशका रुपमा चिनिन्छ । यता भारतले समते परमाणु अस्त्रदेखि अन्य सैन्य क्षेत्रमा अभूतपूर्व विकास गरेको छ ।
के छ दुबैको सैन्य क्षमता
चीनलाई लक्षित गरेर भारतले हिमालय प्रदेश, उत्तर प्रदेश, जम्मु कश्मिर, पञ्जाब, अण्डमान निकोबार द्विपसमूह, अरुणाञ्चल प्रदेशमा रणनैतिक सैन्य संरचना स्थापना गरेको देखिन्छ ।
भारतले अण्डमान निकोबार द्विप समूहमा सुखोइ–३० फाइटर जेटको स्थापनाका साथै आसाम, अरुणाञ्चल प्रदेशमा मिसाइल र जासुसी ड्रोनहरु राखेको एजेन्सीहरुले जनाएका छन् । यसका साथै समुद्री तहबाट समेत चीनविरुद्ध प्रतिरक्षा गर्न भारतले सब मेरिनदेखि अन्य समुद्री युद्द सामग्री भरपूर मात्रामा उपयोग गर्न सक्ने देखिन्छ ।
तर भारतले सन् १९६२ को युद्धबाट पाठ सिकेर सैन्य क्षमता विकास गरेको भएपनि चीनसँग लड्न सक्ने सैन्य क्षमता भने भारतको अझै पनि विकास भएको देखिन्न ।
यस्तो छ रक्षा बजेट
संसारमा सबैभन्दा ठूलो रक्षा बजेट अमेरिकाको रहेको छ भने चीन दोश्रो स्थानमा छ ।
भारत र चीनले आफ्नो देशको सुरक्षातन्त्र बलियो बनाउन वर्षभरि कति पैशा खर्च गर्छ त ?
चीनले रक्षा बजेट वर्षेनी बढाँदै आएको छ । चीनले सन् २०१५ देखि २०१६ सम्म मा रक्षा बजेट १५० विलियन डलर बनाएको छ । त्यस्तै भारतले भने यही समयमा आफ्नो रक्षा बजेट ५८.४ विलियन डलर बनाएको छ ।
चीन र भारतसंग भएको हतियार
भारतले आफ्नो सुरक्षाको लागि हतियारहरु बिभिन्न देशबाट किन्ने गरेको छ । चीनले पनि जति सक्यो नयाँ प्रबिधिका हतियार परीक्षण गर्ने र किन्ने गरेको छ । चीनसंग बिभिन्न प्रकारका हतियार अंतर महाद्वीपीय बलिस्टिक मिसाइल DF-31A ICBM को रेंज- ११२०० कि.मी , सबमरीन लॉन्च बलिस्टिक मिसाइल JL-2 SLBM को रेंज- ७२०० किमी अादि छन् भने भातरतसंग कुनै ICBM और SLBM मिसाइल छैन । भारतसंग अग्नि-३: ३००० किमीको मिसाइल छ अग्नि-४ र अग्नि-५ अहिले परीक्षणकालमा छ । चित्रमा हेर्नुस बिस्तृतमा ।
परमाणु हथियारको संख्या
दुई देशसंग परमाणु हतियारको संख्या तुलना गर्ने हो भने चीनसंग २६० परमाणु हथियार रहेको छ भने भारतसंग ११० देखि १२० सम्म परमाणु हतियार रहेको छ ।
सैनिकको संख्या
यस्तै सुरक्षा क्षेत्र बलियो बनाउन दुवै देशले सैनिकको संख्यामा बृद्धि गरेको छ । चीनसंग करिब २३ लाख सैनिक मात्र छन् भने भारतसंग १४ लाख सैनिक रहेको छ ।
पनडुब्बि अर्थात सबमरीन्स
भारको १४ वटा पनडुब्बि छन, जसको क्षमता ५ न्युक्लियर पावर छ । यस्तै चीनसंग ५६ वटा पनडुव्वी छन्, जसको क्षमता १ न्युक्लियर पावर छ ।
चीनसँग भारतले युद्धमा जित्न नसक्ने यथार्थले नै उसले चीनसँग पाकिस्तानको जस्तै युद्धको भाषा प्रयोग गर्ने गरेको छैन ।