काठमाडौं, माघ ६ । सरकारले किसान आयोग गठन गरेको छ । किसान आयोग गठन गर्नेसम्बन्धी तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीका तर्फबाट कृषि मन्त्री रहेका हरिबोल गजुरेलले प्रस्ताव गरेपनि त्यो गठन हुन सकेको थिएन ।
आज बसेको मन्त्रीपरिषदको बैठकले किसानहरुको अधिकारको रक्षा गर्न तथा कृषि क्षेत्रको समग्र विकासमा योगदान दिने उद्देश्यले किसान आयोग गठन गर्ने निर्णय गरेको हो । कृषि प्रधान देशमा किसानहरुको अधिकारको ग्यारेण्टी र किसान परिचयपत्रलगायत किसानको हक हितका क्षेत्रमा काम गर्ने जिम्मेवारी आयोगको रहने समेत निर्णय गरेको छ ।