सुजातालाई झापा–हङकङ मञ्चको सहयोग

दमक, माघ ६ । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ ।

काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु.एक लाख ९२ हजार ३५ सहयोग गरेको हो ।

हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा संकलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो ।

मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली कांग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूलाई हस्तान्तरण गरेको थियो ।

सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि रु २५ लाख बढी सहयोग जुटेको बताए ।

पारिवारिक आर्थिक अवस्था कमजोर रहेका २२ वर्षीया सुवेदी स्वास्थ सहायक अध्ययनरत हुनुहुन्थ्यो । उनलाई बचाउन स्थानीयवासीले अभियान सञ्चालन गरेर सहयोग संकलनमा जुटेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: