भन्सारमा कर्मचारीलाई एक वर्षभन्दा बढी नराख्न अर्थमन्त्री महराको निर्देशन

लामो समय एउटै कर्मचारी बस्दा तस्करी बढेको गुनासो

काठमाडौ, माघ ६ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सारमा कुनै पनि कर्मचारीलाई एक वर्षभन्दा बढी समय एक ठाउँमा नराख्न भन्सार विभागका महानिर्देशकलाई निर्देशन दिएका छन् ।

भन्सार बिभागका महानिर्देशक शिशिर ढुङ्गानालाइ मन्त्रालयमै बोलाएर अर्थमन्त्री महराले भन्सारका पुरै कर्मचारी फेरेर भएपनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका हुन् ।

महराले भने, ‘एयरपोर्ट भन्सारमा एउटै कर्मचारी बर्षौदेखी बसेको भन्ने मैले सुनेको छु । त्यो हुनुभएन । एउटा कर्मचारी एक बर्षभन्दा बढी त्यहाँ राख्न भएन ।”

वर्षौदेखि एउटै कर्मचारी बसेर तस्करीको सेटिङ्ग गरीरहरको गुनासो आएपछि, अर्थमन्त्री महराले यस्तो निर्देशन दिएका हुन् । आधुनिक उपकरण सहित सुरक्षाका सबै कुरा अबलम्बन गरेर भएपनि, भन्सारलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन अर्थमन्त्री महराले बिशेष निर्देशन दिएका छन् ।

भन्सार बिभागका महानिर्देशक ढुङ्गानाले तत्कालिन अवस्थामा ड्यिुटीमा रहेका कर्मचारीहरुलाई तानिएको र अरुका बारेमा पनि अनुसन्धान भइरहेको जानकारी गराएका थिए । उनले त्यहाँ भएका अनावश्यक धेरै कर्मचारी हटाएर थोरै कर्मचारीबाट नै चुस्त दुरुस्त सेवा दिने बिषयमा योजना बनाइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: