एक करोडका ४४ वटा योजना सार्वजनिक

पोखरा, माघ ६ । कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आव २०७३/७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा बिहीबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटेर रु ५०/५० लाखका छुट्टाछुट्टै ४४ वटा विभिन्न योजना सार्वजनिक गरेको हो ।

नेकपा (एमाले) का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदद्वयले सार्वजनिक गरेका २२–२२ वटा योजनामा कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटिएको छ ।

योजना सार्वजनिक गर्दै सांसद गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन गरी विकास निर्माणको काम सम्बन्धित निकायबाट गरिनुपर्ने बताए ।

अर्का सांसद विश्वकर्माले समाजका पछाडि परेको एवम् निर्देशिकामा व्यवस्था भएअनुरुप योजना छनोट तथा बजेट विनियोजन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्