नदीजन्य पदार्थ संकलन दैनिक चार लाख आम्दानी

महोत्तरी, माघ ६ । यहाँका महिला मरहा नदीबाट नदीजन्य सामग्री संकलन गर्न व्यस्त रहन्छन् ।

गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा दिनहुँ बिहानदेखि साँझसम्म महिलाले सावल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ संकलन गर्ने गरेका छन् ।

गौशाला नगरपालिका–७ का ३५ वर्षीया कमलीदेवी साह दैनिक रु ‍चार सयभन्दा बढी आम्दानी गरेकी छिन् ।

कमली जस्तै गौशाला नगरपालिका–७ का ४० वर्षीया सुशीलादेवी महतोको अधिकांश समय नदीजन्य सामग्री संकलनमै वित्ने गरेको छ ।

उनी १३ वर्षको उमेरदेखि नै सो कार्यमा संलग्न रहँदै आएको हो । यहाँका अधिकांश महिलाले काम नपाउँदा साहुसँग ऋण गरेर खाने तर पछि खोलामा बालुवा चालेको आम्दानीबाट उक्त ऋण तिर्ने गरेका छन् ।

बालुवा छाने बापतको आम्दानीले यहाँका महिलाले घर खर्च चलाउँदै आएका छन् । बालुवा चाल्ने अधिकांश महिला गौशाला बजारमा घर भाडामा लिएर बस्दै आएका छन् । बालबालिका विद्यालय भर्ना भएपनि प्रायः बाआमासँगै अभिभावकका साथमा बालुवा चाल्न जाने गरेका छन् ।

गौशाला स्रोत केन्द्रका अनुसार सो क्षेत्रका ३५ वटा विद्यालयका करिब ६०० विद्यार्थी विद्यालय बाहिरै रहेका छन् ।

गौशाला वरपरका मुसहर, पासमान, साह, डोम समुदायका करिब १५० घरका महिला तथा बालबालिका नदीजन्य पदार्थ सङ्कलन गरेरै गुजारा चलाउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: