पूर्व राष्ट्रपति यादव अस्पताल भर्ना

काठमाडौं, माघ ६ । अमेरिकाबाट प्रोष्टेट क्यान्सरको उपचार गराएका पूर्व राष्ट्रपति रामवरण यादव अस्पताल भर्ना भएका छन् ।
यादवलाइ विहीवार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ । यादवलाई करिव तीन सातादेखि पखालालगायत पेट सम्वन्धि समस्या देखिँदै आएको थियो । ७४ वर्षीय पूर्व राष्ट्रपति यादवलाई अस्पतालको केविन “ए–६०१’ मा भर्ना गरिएको छ ।

कमेन्ट गर्नुहोस्