अबदेखि किराना पसल र नाङ्लोमा चुरोट बेच्न प्रतिबन्ध

काठमाडौं, माघ ६ । सरकारले अबदेखि किराना पसल वा नाङ्लाे पसलमा चुरोट र खैनी बेच्न प्रतिबन्ध लगाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सुर्तीजन्य पदार्थ बिक्रीका लागि नयाँ नियम ल्याउँदै सूर्तीजन्य पदार्थ विक्रीको लागि सरकारबाट अनुमति लिएर छुट्टै सञ्चालन गर्नुपर्ने बनाएको छ ।
सरकारले ल्याएको यो नियम चैत १ बाट कार्यान्वयनमा ल्याइने बताएको छ ।

याे पनि पढ्नुस  समृद्धिको आधार गाउँ र नगरको विकास : उपप्रधानमन्त्री महरा

आज मन्त्रीपरिषद्ले सुर्तीजन्य पदार्थ विक्रीवितरण सम्बन्धि निर्णय गरेको छ । अब निर्देशिका बनाएर यसको कार्यान्वयन सुरु हुने छ। यो नियम लागू भएपछि अन्य सामान बेच्ने पसलहरूले चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ बेच्न पाउने छैनन्। चुरोटका साथै अन्य सुर्तीजन्य पदार्थ बेच्न सरकारको स्वीकृति लिनुपर्छ । किराना पसल, पान पसल तथा बाटोमा राखिने नाङ्लो पसलबाट अब चुरोट बिक्री गर्न पाइने छैन।

याे पनि पढ्नुस  राष्ट्रिय समृद्धि र एकता सरकारको प्राथमिकता : महरा

यस्तै १८ वर्षमुनिका बालबालिका र गर्भवती महिलालाई सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न खान बन्देज लगाइएको छ । यो नियम लागू भएसँगै खुल्ला रूपमा चुरोट बिक्री गर्न प्रतिबन्ध लाग्नेछ ।

कमेन्ट गर्नुहोस्