शौचालय बनाउँदा खाल्डोमा सकेट बम

गोरखा, माघ ७ । गोरखाको मसेल गाविस–९ स्थित दुल्लभ क्याम्पस परिसरमा शौचालय बनाउने खाल्डो खन्ने क्रममा सकेट बम फेला परेको छ ।   बिहीबार दिउँसो खाल्डो खन्ने क्रममा कामदारले तारसहितको बम देखेपछि प्रहरीलाई खबर गरेका हुन् ।

उक्त बम द्वन्द्वकालमा लुकाइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।   जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार बम फेला परेको स्थान सुरक्षित राखिएको छ ।

प्रहरीचौकी घ्याम्पेशालबाट खटिएका प्रहरीले बम रहेको स्थान सुरक्षित राखेका छन् ।   बम निष्क्रिय गर्न गोरखास्थित रणसिंह दल गणका नेपाली सेनालाई अनुरोध गरिएको र आज मात्रै बम डिस्पोज गर्ने प्रनाउ थापाले बताए ।

अहिले क्याम्पस रहेको स्थानमा द्वन्द्वकालमा सेनाको ब्यारेक थियो ।   घटनास्थल सदरमुकामबाट ३० किमी टाढाको दूरीमा पर्छ । बम फेला परेपछि शौचालयको खाल्डो खन्ने काम रोकिएको बताइएको छ । रासस

फाइल तस्वीर

कमेन्ट गर्नुहोस्

%d bloggers like this: