डोनाल्ड ट्रम्पले आज शपथ लिँदै, यस्तो छ उनको नयाँ टिम (कार्यक्रमसहित)

शपथ समारोहभन्दा पनि ट्रम्पले आज गर्न सक्ने महत्वपूर्ण निर्णयको पर्खाइमा अधिकांश रहेका छन्

वाशिङ्गटन डिसी, माघ ७ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज शपथ ग्रहण गर्दैछन् । ट्रम्पको शपथ ग्रहण समारोहको भव्य तयारी गरिएको छ । ट्रम्पले आफ्नो शपथ ग्रहणसँगै क्याबिनेटको समेत घोषणा गर्नेछन् । उनको क्याबिनेटमा ज्वाईँ कशनेरदेखि रेक्स टिलरसन सम्म रहेका छन् ।

डोनाल्ड ट्रम्पले आफ्नो पहिलो दिन केही महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्ने आँकलन गरिएको छ । शपथ ग्रहणसँगै मन्तव्य र त्यसपछि यस्ता निर्णयमा हस्ताक्षर हुने छन् । यस्ता निर्णयमा

ओबामाले स्वास्थ्य र रोजगारका क्षेत्रमा अघि सारेका योजना, अप्रवासी नीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएका विषय रहेको बताइन्छ ।

ट्रम्पको शपथ ग्रहण समारोहलाई भव्यतापूर्वक सम्पन्न गर्न विशेष तयारी गरिएको छ । प्रख्यात म्यूजिक ब्याण्डको उपस्थिति रहने छ ।

याे पनि पढ्नुस  राष्ट्रपति ट्रम्प २ सय वर्ष बाँच्न सक्ने चिकित्सकको घोषणा !

शपथ ग्रहण पूर्व ट्रम्पले हरेक अमेरिकीको सपना पुरा गर्ने र देशवासीलाई एकतामा बाँध्ने बताएका छन् ।

अमेरिकाको इतिहासमा ४५ औं राष्ट्रपति ७० वर्षीय ट्रम्पको आगमनलाई आशंकासाथ हेरिएको छ । अनुदारवादी ट्रम्पको कार्यकाल कस्तो हुने हो, त्यो भने हेर्न बाँकी छ ।

यस्तो छ कार्यक्रम
आज राती नेपाली समय अनुसार ९ बजेर २० मिनेटमा लिंकन मेमोरियल नजिक पब्लिक कन्सर्टको आयोजना हुने छ । यसमा डिसी फायर डिपार्टमेट, एमरल्ड सोसाइटी र द

रिपब्लिकन हिन्दू कोलिएसनसँगै हाइस्कूल मार्चिङ ब्याण्डको कार्यक्रम प्रस्तुत हुने छ । ट्रम्पले यो कन्सर्टलाई सम्बोधन गर्ने छन् ।

त्यसअघि ट्रम्प र निर्वाचित उपराष्ट्रपति माइक पेन्सले आलिंगटन नेशनल सिमेट्रीमा महत्वपूर्ण अमेरिकी हस्तीहरुलाई श्रद्वान्जली दिनेछन् ।

अमेरिकी समय अनुसार ट्रम्प शुक्रबार बिहान ब्लेयर हाउस र सेन्ट जोन्स एपिस्कोपल चर्च जाने कार्यक्रम छ । त्यसपछि राष्ट्रपति ओबामासँग ह्वाइट हाउसमा कफि पिउने कार्यक्रम छ ।

याे पनि पढ्नुस  डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा

यसपछि उनी शपथका लागि प्रस्थान गर्ने छन् । र नेशनल मल परेड हेर्नेछन् ।

संगीत समारोहसँगै शपथ ग्रहणको कार्यक्रम हुनेछ । अमेरिकी समय राती साढे ११ बजे कार्यक्रमको शुरुआती औपचारिकतासँगै सुप्रिम कोर्टका मुख्य न्यायाधिश माइक पेन्सले

उपराष्ट्रपतिलाई शपथ खुवाउनेछन् भने । १२ बजे ट्रम्पले सपथ लिनेछन् ।

शपथपछि उनले भाषण गर्नेछन ।

ट्रम्पको सपथ ग्रहण समारोहमा लाखौं मानिस आउने बताइन्छ । ओबामाको शपथ ग्रहणको बेला १८ लाख भन्दा बढी मानिसको उपस्थिति रहेको थियो ।

को को छन् त ट्रम्पको टीममा ?

1। विदेश मंत्री, रेक्स टिलरसन, एक्सनमोबिल कॉरपोरेशन के सीईओ

याे पनि पढ्नुस  फेरी विवादमा डोनाल्ड ट्रम्प, पत्रकारहरुलाई भने ‘देशद्रोही’

2। रक्षा मंत्री, जनरल ९रिटायर्ड० जेम्स मैटिस, अमेरिकी मरीन कॉर्प्समा द्धज्ञ सालपछि रिटायर भएका जनरल

3। वाणिज्य मंत्री, विल्बर रॉस, अरबपति निवेशक डब्ल्यू एल रॉस ऐंड सीओ रॉसका संस्थापक

4। वित्त मंत्री, स्टीवन म्नुचिन , गोल्डमैन स्याक्सका पूर्व कार्यकारी

5। संयुक्त राष्ट्र में राजदूत, निक्की हेली, क्यारोलिनाकी पूर्व गभर्नर।

6। राष्ट्रपति के मुख्य सलाहकार, जैरेड कुशनेर, न्यूयॉर्कका रियल इस्टेट कारोबारी र ट्रम्पका ज्वाँइ

7। गृहमंत्री, जनरल जोन केली, रिटायर्ड जनरल तथा अमे‍रिकी साउदर्न कमांडका पूर्व कमांडर

8। सीआईए डायरेक्टर, माइक पोम्पेओ, पूर्व सैन्य अधिकारी

9। एनएसए, माइकल टी फ्लिन, रिटायर्ड जनरल

10। चीफ ऑफ स्टाफ, रेइंस प्रिएबस, रिपब्ल‍िकन नेशनल कमिटीका पूर्व अध्यक्ष

कमेन्ट गर्नुहोस्