को हुन् बाबुरामको राजनीतिक सल्लाहकार बनेका डा. भाइराजा पाण्डे ?

काठमाडौं, माघ ७ । अन्तर्राष्ट्रिय कानून, द्वन्द्व व्यवस्थापन र राजनीतिमा लामो अनुभव बोकेका डा. भाइराजा पाण्डे डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाकारमा नियुक्त भएका छन् ।

यसअघि विश्वका कतिपय द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको प्रतिनिधिका रुपमा कार्यकाल बिताएका भाइराजा धादिङ निवासी हुन । “बिदेशी आइडी लिएको नेपालीले देशको चिन्ता गर्नु जायज भए पनि कठोर टिप्पणी गर्ने अधिकार छैन” भन्ने मत राख्ने डा. पाण्डेलाई नयाँ शक्ति नेपालको बिहिबार बसेको बैठकले पार्टी संयोजक भट्टराईको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जानकारी दिए ।
कुनै समय डा.बाबुराम भट्टराईसँगै अस्कल पढेका पाण्डे काठमाडौंको रैथाने नेवार भाषाका राम्रो जानकार रहेको पौडेलले बताए ।

याे पनि पढ्नुस  पूर्वप्रधानमन्त्री भट्टराईलाई कोरोना संक्रमण

द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा विशेषज्ञता हासिल गरेका पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा अध्यापन गरेका थिए । अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट ‘एलएलएम’ गरेलगत्तै उनी सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा जागिरे भए । सुडान, सोमालिया, रुवान्डा, कम्बोडियो, रुसलगायत संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम ‘एसाइन्मेन्ट’ उनले बर्मामा पुरा गरे ।

याे पनि पढ्नुस  अस्थायी शिक्षकहरुविरुद्ध बाबुरामको कडा प्रतिक्रिया– झोले शिक्षकहरुलाई पुरस्कृत गर्ने कदम प्रतिगामी

युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा ‘हट स्पट’ मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए । पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिओपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने कामको पनि अनुभव सँगालेका छन्

कमेन्ट गर्नुहोस्