माओवादी केन्द्र एमालेजस्तै संसदवादी बन्यो, तत्काल एकता असम्भवः सिपी गजुरेल

बर्दिवास, माघ ७ । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसँग पार्टी एकता वा कार्यगत एकता तत्काल सम्भव नभएको बताउनु भएको छ ।

बिहीबार साँझ नेकपा क्रान्तिकारी माओवादीको मिथिला प्रदेश ब्युरो कमिटीले बर्दिवासमा आयोजना गरेको सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालनसम्बन्धी तीनमहिने अभियानको उद्घाटन गर्दै नेता गजुरेलले प्रचण्ड नेतृत्वको नेकपा ९माओवादी केन्द्र०ले १० वर्षे जनयुद्धका उपलब्धि संस्थागत गर्ने पहलकदमी छाडेकाले तत्काल पार्टी एकता वा कार्यगत एकताको सम्भावना नरहेको बताउनुभयो ।

याे पनि पढ्नुस  वाम एकताको निर्णय आकस्मिक र असाधारण छलाङ –बादल

नाउँ कम्युनिष्ट पार्टी नै राखिएको भएपनि नेकपा ९माओवादी केन्द्र० अब एमालेजस्तै संसदीय पार्टी बनेको नेता गजुरेलको भनाइ छ । कम्युनिष्ट पार्टी गठन र सञ्चालन एबम् सैद्धान्तिक सवालमा प्रचण्ड र एमालेमा अब केही फरक नरहेको नेता गजुरेलले बताउनुभयो । बरु नेपाली राष्ट्रियताको सवाल र मुलुकको समृद्धिको कुरामा एमाले स्पष्ट र धारिलो देखिएको नेता गजुरेलको टिप्पणी थियो ।

याे पनि पढ्नुस  रेखा शर्मा बनिन माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतक

मिथिला प्रदेशका इन्चार्ज कृष्णदेव सिंह दनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर क्षेत्रका चर्चित साहित्यकार रोशन जनकपुरीसहितका केन्द्रीय नेताले तीनमहिने सङ्गठन बिस्तार तथा सुदृढीकरण र परिचालन अभियानसम्बन्धी कार्यबिधिबारे जानकारी दिनुभएको थियो ।

कमेन्ट गर्नुहोस्