यम बुद्धको शव नेपाल ल्याउन दुतावासले दियो अनुमति

काठमाडौं, माघ ७ । चर्चित र्यापर गायक अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल ल्याउन लण्डन स्थित नेपाली दुतावासले यात्रा अनुमति (ट्राभल डकुमेन्ट) जारी गरेको छ ।

गत शनिबार लण्डनस्थित आफ्नै घरको बाथरुममा झुण्डिएर आत्महत्या गरेका यम बुद्धको शव नेपाल ल्याउनको लागि उनका परिवारले दुतावसलाई कागजात उपलव्ध गराएको थियो ।

हाल यमको शव नर्थवीक पार्क अस्पतालमा छ । उनको शव नेपाल ल्याउन लण्डनमा केही प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ ।

यम बुद्धका परिवारले उनको नागरिकताको प्रतिलिपि र पासर्पोट दुतावसमा बुझाएसंगै विहीबार नै ट्राभल डकुमेन्ट जारी गरिएको दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता शरदराज आरणले बताए । अब आवश्यक प्रक्रिया पुरा गरेपछि यमबुद्धको शव नेपाल ल्याउने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: