भूकम्पको पुनर्निर्माणमा सेना, प्रहरी परिचालन गरिने

काठमाडौं, माघ ७ । सरकारले भूकम्पको पूननिर्माणको लागि नेपाली सेना र शसस्त्र प्रहरी परिचालन गर्ने भएको छ । जनशक्ति अभावको कारण भूकम्पपीडितहरुले भनेको समयमा काम गर्न नसकेपछि नेपाली सेना र प्रहरीलाई खटाउने तयारी गरेको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्दराज पोखरेलले भुकम्पपछिको पुनर्निर्माणमा सुरक्षाकर्मीलाई सहभागी गराउने प्रयास भइरहेको जानकारी दिए । जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती भएकाले नेपाली सेना र सशस्त्र प्रहरीलाई समेत पुनिर्माणको काममा लगाउने गरि सरोकारवाला निकायसंग समन्वय गरिरहेको उनले बताए ।

याे पनि पढ्नुस  प्राधिकरणको जिल्ला कार्यालयमा कर्मचारी अभाव, ७० दरबन्दीमध्ये ५८ पद रिक्त

एक रेडियो अन्तर्वातामा सिइओ पोखरेलले जनशक्ति अभावका कारण एक वर्षमा प्राधिकरणले कम गर्न नसकेको स्वीकार्दै प्राधिकरणमा जनशक्ति अभाव हुन नदिन सेना प्रहरी परिचालन गर्न लागिएकोले तीव्र काम हुने दाबी गरे ।

भूकम्पपीडितहरुमध्ये कतिपयले पहिलो किस्ता वापत पाउने अनुदान रकम विभिन्न प्रक्रियागत झन्झटका कारण प्राप्त गर्न नसकेको जानकारी आएको भन्दै उनले त्यस्ता झन्झट नहुने वातावरण निर्माण गर्न लागेको जानकारी दिए । उनले भने– घरको जग निर्माणका लागी अनुदान दिने बिषयलाई प्राधिकरणले पहिलो प्राथमिकतामा राखेको छ, पीडितले घर बनाउने कुरामा हामीले झन्झट दिनुहुँदैन ।’

याे पनि पढ्नुस  विश्व बैंकले भूकम्प पुनर्निर्माणमा थप सहयोग दिने

पोखरेलले आउँदो वर्षा अघि नै भुकम्प पिडितहरुलाई आफ्नै घरमा फर्काउने गरि प्राधिकरणले काम गरिरहेको जानकारी दिए।

सिइओ पोखरेलले भुकम्पले क्षति पुगेका मुलुकका विभिन्न ऐतिहासिक धरोहरको मौलिकतालाई जोगाउँदै त्यसको पुननिर्माण गर्नेतर्फ प्राधिकरणले विशेष रुपमा ध्यान दिएको बताए ।

कमेन्ट गर्नुहोस्