आफ्नै श्रीमतीलाई आगो लगाई श्रीमान फरार

बाँके,माघ ७ । नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी २२ वर्षीया श्रीमती अनिशालाई टुकीमा रहेको मट्टितेल खन्याई आगो लगाउने प्रयास गरेका हुन् ।
आगलागीबाट अनिशाका स्तन, मुख र टाउको जलेको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिए । “आपसी विवादका कारण गए राति बलिरहेको टुकीले श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ ,” गौतमले भने“घटना भएलगत्तै प्रहरीले भेरी अञ्चल अस्पतालमा उपचारका लागि अनिशालाई ल्याएकाले उपचारमा सहज भएको छ ।”

गम्भीर घाइतेअनिशाको शरीरको ५० प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । अभियुक्त राजेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: