केयुको उपकुलपतिमा पूनः माकाजु नियुक्त

काठमाडौं, माघ ७ । सरकारले काठमाण्डौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा पुनः रामकण्ठ माकाजुलाई नियुक्त गरेको छ । केयुको कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुक्रबार उनलाई चारवर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् ।

उपकुलपति छनौट समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व उपकुलपति माकाजूसहित पूर्व रजिस्ट्रार भक्तमान तुलाधर, रजिस्ट्रार एवं कार्यवाहक उपकुलपति भोला थापा, पूर्व डिन मनप्रसाद वाग्ले र बायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो ।

याे पनि पढ्नुस  ललितकलामा भविष्य खोज्दै विद्यार्थी

यसअघि पनि उनी उपकुलपति थिए । मकाजुलाई उपकुलपतिमा नियुक्त भएपनि पत्र भने बुझ्न बाँकि छ । यसअघि मकाजुको ४ बर्षे कार्यकाल सकिएपछि मंसिर २६ गतेयता उपकुलपति पद रिक्त थियो ।

कमेन्ट गर्नुहोस्