पाल्पा, माघ ७ । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्याङजाले रामपुर भलिबल कपको उपाधि ले जितेको छ ।
रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा बिहीबार नवलपरासीलाई तीन सेटले हराउँदै स्याङजाले उपाधि जितेको हो ।
प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ ।