संसद बैठक आज बस्दै, उपलब्धी शून्य

काठमाडौं, माघ ७ । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ ।

दलहरुबिच संविधान संशोधनको विषयमा छलफल होस् र सहमति जुटोस् भनेरै संसद बैठक एक हप्तासम्मको लागि स्थगित गरिएको थियो । आजसम्म पनि उपलब्धी भने शून्य भएको छ । यसबिचमा दलहरुबीच छलफल नै हुन सकेन ।

एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनका विषयमा केही छलफल नहुने भएको छ ।

बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ ।

आजको वैठकमा पनि सत्तारुढ दल पहिले संशोधन विधेयक अगाडि बढाउनुपर्ने पक्षमा छन् भने विपक्षी दलले निर्वाचनसम्बन्धी विधेयकलाई जोड दिएका छन् ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: