संचालकसहित खालबाटै बीस जुवाडे पक्राउ

भक्तपुर, माघ ७। भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट जुवा खेलिरहेका २० जना जुवाडेलाई प्रहरीले खालबाटै पक्राउ गरेको छ । जुवा खेलाउने रिसोर्टका संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।

जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ ।

प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको र अन्यमाथि भने अनुसन्धान सुरु गरिएकाे बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्