म्याग्दी, माघ ७। पाल्पामा महेन्द्ररत्न उच्चमावि बरङ्जाका पूर्वविद्यार्थीहरुले मिलेर स्कुलमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । सोही स्कुलबाट एसएलसी तथा दसजोड दुई उत्तीर्ण गरेका उनीहरुले चारलाख बराबरको छात्रवृत्ति कोषको स्थापना गरेका हुन् ।
गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले जानकारी दिए ।
उनका अनुसार कोषलाई बढाएर १० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको र कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।