प्रेमी प्रेमिकाले गरे एउटै डोरीमा झुण्डिएर आत्महत्या

झापा, माघ ७ । झापामा अन्तरजातीय एक जोडीले एउटै डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले शुक्रबार विहान झुण्डिएर आत्महत्या गरेका हुन् ।

विहान पाँच बजेतिर उनीहरु दुवै जना घरबाट निस्कीएका उनीहरुले स्थानीय विरिङ खोला नजिकै रुखको हाँगामा एउटै डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनीहरु अंगालो मारेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

२३ वर्षकी अस्मिताको विराटनगरका एक युवकसँग यही माघ २३ गते विवाह हुने पक्कापक्की भइसकेको र उनीहरुको फुलमाला पनि भइसकेको पारिवारिक स्रोतले बताएका छ ।
२५ वर्षीय भट्टराई भने चालकको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्