सरकार ! शिलान्यास भयो तर कुनै संरचनाहरु बनेनन्

काठमाडौँ, माघ ७ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले देशभरमा भौतिक संरचनाहरुको शिलान्यास मात्रै गर्ने प्रवृत्तिले समयमै काम हुन नसकेको बताएका छन् । व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा आफ्नो अनुगमन र मूल्याङ्कन प्रतिवेदन पेस गर्दै उनले पूर्वाधारको विकासलाई सकाउन भन्दा शिलान्यासमा रुचि देखाउँदा कुनै काम समयमा सम्पन्न हुन नसकेको बताए ।
सभापति अधिकारीले समितिका निर्णय मात्र होइन, सरकारका मन्त्री र निकायका निर्णयहरु नै कार्यान्वयन नहुँदा विकासका काम प्रभावित भएको बताए । पछिल्ला तीन वर्षमा शिलान्यास भएका ९६ पुलहरु अझै सम्पन्न हुन नसकेको विवरण प्रस्तुत गरे ।
‘‘पूर्वाधारको विकासका उदासीनता र शिलान्यासमा रुची देखिएको छ, अर्कोलाई दोष दिएर उम्कने प्रवृत्ति छ । यस्तो शैलीबाट पुँजीगत खर्च र परिणाम दिन तथा सदन र सरकारलाई जवाफदेही बनाउन सकिँदैन’’ सभापति अधिकारीले भने ।

याे पनि पढ्नुस  संसदको बैठकः आज कसले के भने त ?

संसदीय समितिले वार्षिक प्रतिवेदन पेस गर्दै आएपनि अनुगमन र मूल्याङ्कन प्रतिवेदन सदनमा पहिलोपटक पेस गरेको हो । सो प्रतिवेदनमा समग्र निर्णय र निर्देशनमा कस्ता प्रगति भए वा भएनन् भन्नेबारे उल्लेख छ ।
बैठकमा सभामुख ओनसरी घर्तीले मन्त्रिपरिषद्मा दुई सदस्य थप भएकोसम्बन्धी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्