अन्तर्राष्ट्रिय म्याराथन पोखरामा हुने

पोखरा, माघ ७ । भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः ६० हजार, ४० हजार र २५ हजार र चार हजार रुपैयाँ पाउने छन् । सो अवसरमा छात्रछात्रा पाँच किलोमिटर र पुरुष महिला ब्ह्लिचेयर प्रतियोगिता पनि आयोजना गरिनेछ ।

पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः सात हजार , पाँच हजार र तीन हजार रुपैयाँ तथा ब्ह्लिचियरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः तीन हजार, दुई हजार र एक हजार रुपैयाँ पाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष खड्गबहादुर रानाभाटले जानकारी दिए।

पोखराको पर्यटकीय प्रवद्र्धन, कुनाकाप्चामा रहेका प्रतिभावान खेलाडीको प्रतिभा प्रस्फुटन एवम् सुन्दर पोखरा सहरलाई विश्वसामु चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: