नेपाली चेली तेरिया मगर बनिन् झलक दिख ला जा को विजेता

नेपाली चेली तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिख ला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै यो शो जितेकी हुन् ।

तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेको अनलाइनले बताइएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

रुपन्देहीकी तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो ।
तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्