मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण हुन्छ–मन्त्री सिंह

काठमाडौँ,  माघ ८ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सिंहले देशमा अझै पनि १५ प्रतिशत नागरिक खानेपानी सेवाबाट वञ्चित रहेको बताउँदै भेरी, गोरखा, हलेसीलगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ परियोजना कार्यान्वयनमा ल्याउने बताए ।

तराईका २० जिल्लामा समेत तराई खानेपानी सुधार आयोजना सुरु गरिएको जानकारी दिँदै उहाँले १०६ आयोजना कार्यान्वयनमा आउने चरणमा रहेको जानकारी दिए ।

ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन हुने
त्यस्तै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले मुलुकमा महिला हिंसा अन्त्य गर्नका लागि चाँडो प्रभावकारी योजना ल्याउने बताए ।

उनले ज्येष्ठ नागरिक तथा सडक बालबालिकाको हितमा समेत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक टोलमा ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन गर्ने बताए ।

मन्त्री खड्काले देशमा विद्यमान समस्या समाधानका लागि सबै दलबीचको सहमति र एकताबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: