मोर्चाको मागप्रति सरकार गम्भीर नभएको नेता ठाकुरको आरोप

उर्लाबारी (मोरङ), माघ ८ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
मधेस आन्दोलनका क्रममा मृत्युु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुुपर्ने बताए ।

याे पनि पढ्नुस  ठाकुर राजपा संसदीयको नेता चयन

अध्यक्ष ठाकुुरले आफूुहरुको मागप्रति मुुख्य दल गम्भीर नभए मधेसी मोर्चा सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए ।

कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य शङ्खर साह, सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुुमार यादव, मधेसी मोर्चाका स्थानीय नेता सिसुुपाल यादव, पन्नालाल मण्डल तथा दिलीप मण्डलले मधेसी मोर्चाको मागप्रति सरकारलाई गम्भीर हुुन आग्रह गरेका थिए ।

याे पनि पढ्नुस  महन्थ ठाकुरले सम्धिनीलाई समानुपातिकमा सिफारिस गराए

एक वर्षअघि मधेस आन्दोलनका क्रममा रङ्गेलीमा एक महिलासहित तीनजना मोर्चाका कार्यकर्ताको मृत्युु भएको थियो । रासस

कमेन्ट गर्नुहोस्