इटालीमा हिम पहिरोले पुरिएको होटेलबाट दुई बालिकासहित आठको जीवितै उद्धार

पेन्ने (इटाली),माघ ८। मध्यइटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा आठ व्यक्तिलाई भने जीवितै उद्धार गरिएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बुधबार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी पुरिएका थिए ।

हिमपहिरो गएको ४० घण्टापछाडी दुई बालिकासहित आठ व्यक्तिलाई उद्धार गरिएको बताइएको शुक्रबार बताइएको छ । रासस

कमेन्ट गर्नुहोस्