विद्युत् चुहावट गर्ने सात सय विद्युुत् प्राधिकरणको कारबाही

राजविराज, माघ ८ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ ।
चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताए ।

केन्द्रका प्रमुख साहका अनुसार आव २०७३÷०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताए ।

तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए ।

यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत् चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत् चुहावटको कारबाहीबाट रु ४६ लाख १६ हजार ६०० राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।

यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत् चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताए। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: