एजेन्सी । यौन आवश्यकता पुरा गर्न मानिसले अब अर्को विकल्पको प्रयोग गर्न थालिसकेका छन् । सेक्स ट्वाईजको नामले अहिले बजारमा यौन आवश्यकता पुरा गर्न थुप्रै सामग्री उत्पादित हुन थालेका छन् । भनिन्छ अबको २०१७ भजाइना इकोनोमी अर्थात योनी अर्थतन्त्रको रुपमा चिनिनेछ । महिलाहरु अहिले आँफै बजारमा आउन थालेका छन् र महिलाको आवश्यकताको हिसावले सेक्स ट्वाइ डिजाइन गर्न थालेका छन् ।
अहिले पुराना सेक्स ट्वाइलाई छाड्दै नयाँ प्रकृतिको ट्वायहरु सृजना हुन थालेका छन् । यसैले यो २०१७ भजाइना इकोनोमी वर्ष हुने दावी गरिएको छ। इनोवेशन ग्रुप की डायरेक्टर लूसी ग्रीन भन्छिन — ‘फोर्थ वेव फेमिनिज्म (नारीवादी विचारको चौथा चरण) की शुरुवात भइसकेको छ । महिलाहरु अब खुलेर योनी, सेक्स, ऑर्गेजम को कुरा गर्न थालेका छन् ।’
समलैंगिक सम्बन्धबारे खुलेर बाहिर आउन थालेको कारण उनीहरुको लागि यस्तो प्रकारको सेक्स ट्वाय पहिला नै बनाइसकेको छ । जुन डिप्रेशनको सिकार भएकाको लागि सहायक हुन्छ । अहिले भने महिला समलैंगिकहरुको लागि नयाँ नयाँ सेक्स ट्वायको लागि नयाँ नयाँ परीक्षण हुन थालेका छन् । अहिले सेक्स ट्वाय मनोरन्जनको लागि मात्र नभइ आवश्यकता नै भएकाले भजाइना इकोनमी बढ्ने आशा गरिएको छ । अब यो उद्योगमा महिलाहरु पनि सामले हुन लागेकाले पनि यो उद्योग फस्टाउने देखिन्छ ।