दिपकराज गिरीले दिए प्रहरीमा उजुरी

काठमाडौं, माघ ८ । चलचित्र ‘छक्कापन्जा’ पाइरेसी गरेको आरोप लागेका युवाले आत्महत्या गरेपछि विवादमा तानिएका कलाकार दीपकराज गिरीले प्रहरीमा उजुरी दर्ता गरेका छन् ।

चलचित्र ‘छक्कापञ्जा’को पाइरेसीको आरोप लागेका २३ वर्षीय कृष्ण सुवेदीलेआत्महत्या गरेको घटनालाई परिवारजनले ‘हत्या’को आरोप लगाएपछि निर्माता तथा कलाकार गिरीले प्रहरीले उजुरी दिएका हुन् ।

कलाकार गिरी शुक्रबार मात्रै युरोपबाट नेपाल फर्किएलगत्तै घटना र पाइरेसीका विषयमा निष्पक्ष छानबिनको माग गर्दै शनिबार विहान महानगरीय प्रहरी वृत गौशालामा उजुरी दर्ता गराएका हुन् ।

चलचित्र पाइरेसी आरोप लागेका सुवेदीले यही पुस २९ गते सुसाइड नोट लेखेर आत्महत्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्