मोटी भएको भन्दै जागिरबाट निकालिए ५७ एयर होस्टेज

माघ ७ । कसैको तौल बढ्यो भन्दैमा जागिरबाट निकालिएको सायदै यो पहिलो घटना होला । ऐयर इंडियाका ५७ एयर होस्टजहरुले आफ्नो तौल बढेको कारण जागिरबाट निकालिएका छन् ।

एयर इंडियाले एयर होस्टेज कर्मचारीहरुलाई ५७ भन्दा बढी तौल नबढाउन बारम्बार चेतावनी दिइरहेको थियो । त्यसका बाबदुज पनि एयर होस्टेजहरुले आफ्नो तौलमा नियन्त्रण गर्न नसकेपछि एयर इन्डियाले उनीहरुलाई कामबाट निकालेको हो ।

अब कर्मचारीहरुले आफ्नो तौल घटाएर ५७ केजी बनाउन सके काममा फर्काउन सकिने बताएको छ । उनीहरुलाई ६ महिनासम्मका लागि अस्थायी रुपमा काममा लगाइएको छ । यदि उनीहरुले आगामी १८ महिनासम्म पनि तौललाई नियन्त्रण नगरी काम गरिरहेमा उनीहरुलाई स्थायी रुपमै कामबाट निकालिने छ ।

कमेन्ट गर्नुहोस्