रेडियो नविकरण दस्तुर घटाउन सञ्चारमन्त्रीको निर्देशन

हेटौँडा, माघ ८ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले हुलाक सेवालाई परिमार्जन गरेर सामुदायिक सूचना केन्द्र बनाउने आफ्नो योजना रहेको बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको सूचना केन्द्रको उद्घाटन गर्दै मन्त्री कार्कीले हुलाक सेवा हालको सूचना तथा सञ्चारको अत्याधुनिक अवस्थामा कार्यविहीन भएको भन्दै त्यसलाई परिमार्जन गरेर सूचना केन्द्रका रुपमा विकास गरिन लागेको जानकारी दिए । उनले सूचना प्रविधिको विकासले नै जनतालाई सूसुचीत गराउन सकिने र त्यसले लोकतन्त्रको आभास गर्न पाउने बताए ।

मन्त्री कार्कीले एफएम् रेडियोले राज्यलाई राजस्व बुझाउने भन्दा जन उत्तरदायी पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले रेडियो नवीकरण दस्तुर घटाउन सम्बन्धित निकायलाई आफूले निर्देशन दिएको बताए । सञ्चारकर्मीले सकारात्मक समाचार दिएर पाठकको पठन संस्कृतिमासमेत सकरात्मक परिवर्तन गर्नुपर्नेमा सञ्चारमन्त्रीले जोड थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: