स्ववियु चुनावमा आक्रामक क्रान्तिकारी, सातै प्रदेशको भेला सम्पन्न

काठमाडौं, माघ ८ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले फागुन १४ गते हुने स्ववियु निर्वाचनको आक्रामक तयारी गरेको छ । चुनावको मिति नजिकिदै जाँदा उसले तीन दिनमा सातैवटै प्रदेशमा स्ववियु सम्वन्धि विशेष कार्यशाला तथा प्रशिक्षण गोष्ठी सम्पन्न गरेको छ।

गत पौष २७ र २८ गते काठमाडौंमा बसेको क्रान्तिकारीको पदाधिकारी वैठकले देशभरका प्रमुख कलेजमा चुनावी कमाण्डर तोकेको थियो । त्यसपछि तीन दिनमा सातै प्रदेशमा प्रदेश स्तरीय भेला र गोष्ठि सकाएको क्रान्तिकारीका उपाध्यक्ष तथा प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । चुनाव आउन अब ३६ दिन मात्र वाँकी रहेकाले संगठनलाई आक्रामक ढंगले परिचालन गरिएको क्रान्तिकारीका प्रवक्ता बस्नेतले एभरेष्टदैनिक डटकमलाई बताए ।

शनिबार विराटनगरमा एक नंम्बर प्रदेशको स्ववियु निर्वाचन कार्याशाला सम्पन्न भएको छ। माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेकोको विशेष उपस्थितिमा भएको कार्यक्रममा क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारी ,पार्टी नेता मौषम लिम्बू, मुक्साहाङ म्याङवो, चिरिञ्जिवी लामिछाने, मदन चुडाल लगायतको सहभागीता रहेको प्रदेश संयोजक तिलक बस्नेतले जानकारी दिए ।

शनिबार नै नेपालगन्जमा ५ नंम्बर प्रदेशको स्ववियु विशेष कार्याशाला सम्पन्न भएको छ। माओवादी केन्द्रका युवा नेता वर्षमान पुनको विशेष उपस्थितिमा भएको कार्यशालामा अखिल (क्रान्तिकारी)का पुर्व अध्यक्ष रमेश मल्ल,पूर्व नेता विन्दमान विष्ट ,उपाध्यक्ष रञ्जित तामाङ,उपाध्यक्ष तिलकराज भण्डारी,महासचिव वीरेन्द्र बस्नेत सहितको उपस्थिति रहेको प्रदेश संयोजक सुन्दर वलीले वताए ।

आजै कैलालीमा क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेको उपस्थितिमा स्ववियु विशेष कार्यशाला सम्पन्न भएको छ। सो कार्यशालामा उपाध्यक्ष जितेस योञ्जन, सचिव उद्धव भट्टराई लगायतको सहभागीता रहेको प्रदेश संयोजक आर. के जोशीले बताए ।

यसैगरी आजै पोखरामा ४ नंम्बर प्रदेशको कार्यशाला भएको छ। कार्यक्रममा अखिल (क्रान्तिकारी)का उपाध्यक्ष मदन प्रभात, पूर्व अध्यक्ष रत्न ढकाल, सचिव अमरदिप पराजुली लगायतको उपस्थितिमा स्ववियु केन्द्रित योजना वनाइएको प्रदेश संयोजक कुशल पौडेलले जानकारी दिए ।

यता माघ ६ गते माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा त्रिवि कीर्तिपुर स्थित अडिटरियम हलमा प्रदेश नं ३ को कार्यशाला सम्पन्न भएको छ। सवै जिल्लाका अध्यक्षको रिपोर्टिङ पछि कार्यशालामा पुर्व अध्यक्ष हिमाल शर्मा,वर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले लगायतले प्रशिक्षण दिएको ३ नं प्रदेशका संयोजक विजय गौतमले वताए ।

माघ ७ गते २ नं प्रदेशको कार्याशाला गोष्ठी सर्लाहीको लालवन्दीमा सम्पन्न गरेको छ। संगठनका उपाध्यक्ष अनिल शर्माको प्रमुख आतिथ्यता र माओवादी केन्द्रका नेता विश्वनाथ शाह, डाचाराज वाग्ले, रामवावु वैठा लगायतले जित्नेगरी तयारी गर्न शुभकामना दिएका थिए ।

यसैगरी माघ ७ गते नै ६ नं प्रदेसको कार्याशाला सुर्खेतमा सकिएको छ । पुर्व गृहमन्त्री शक्ति बस्नेतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्रान्तिकारीका महासचिव बीरेन्द्र बस्नेत,सचिव खेम सिंह,दिपेश पुन,तुकमान महरा लगायतले मन्तव्य सहित प्रशिक्षण दिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: