प्रधानमन्त्रीले गरे रमजानलाई सम्मान

काठमाडौं, माघ ८ । अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा योगदान गर्ने एक मानवअधिकारवादीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन् ।

मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधी प्रो. मोहम्मद रमजान अलि मियाँलाई शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्मान गरेका हुन् ।

सामाजिक र अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मुस्लिम मुक्ति मोर्चा नेपालले उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो । रमजानले कतारको कानुन नेपाली भाषामा अनुवाद गरेर पुस्तक तयार गरेका छन् । रमजानले कतारको संसोधित ऐन, २०१५ पनि नेपाली भाषामा अनुवाद गरिसकेको बताए ।

रमजानले कतारमा समस्यामा परेका नेपालीको उद्दारमा समेत महत्वपुर्ण सहयोग गर्दै आएको उनले जानकारी दिए । उनी मानव अधिकार समिति कतारमा सन् २०१४ देखि नेपाली प्रतिनिधीका रुपमा कार्यरत छन् ।
रमजानलाई यसअघि कतार सरकार र विभिन्न संघ संस्थाले समेत सम्मान गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: