पोखरा, माघ ८ । आहा रारा गोल्डकपमा आयोजक साहारा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा युनाइटेड सिक्किम फुटबल क्लब, भारतलाई ट्राइबे्रकरमा ४–२ गोल अन्तरले हराउँदै साहारा सेमिफाइनल प्रवेश गरको हो ।
पोखरा रंगशालामा जारी १५औं खेलमा दुवै टिमबाट निर्धारित समयमा कुनै गोल हुन नसकेपछि अतिरिक्त समयमा गएको थियो । तर, त्यसमा पनि दुवै टिमले गोल गर्न नसकेपछि खेलको नतिजा ट्राइब्रेकरबाट टुंगो लागेको हो ।
ट्राइब्रेकरमा साहाराको तर्फबाट उत्तम गुरुङ्ग, रमेश मगर, शिव सुवेदी र सुशन गुरुङ्गले गोल गरे भने सिक्किमको तर्फबाट सञ्जय क्षेत्री र फुर्वा छिरिङ्ग भुटियाले गोल गरेका थिए ।
तस्वीरः गोल नेपाल डटकम