भारतमा माओवादी प्रभावित क्षेत्र नजिक ठूलो रेल दुर्घटना, ३० को मृत्यु

नयाँ दिल्ली, भारतको आन्ध्र प्रदेशको विजयनगर जिल्लामा ठूलो रेल दुर्घटना भएको छ । विजयनगरमको कुनेरु स्टेशन नजिक हिराखण्ड एक्सप्रेस रेलका इन्जिनसहित ८ डिब्बा लिकबाहिर भएपछि दुर्घटना भएको हो ।

घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको पुष्टि भएको छ । ५० बढी घाइते भएका छन् । घाइतेहरुमा कैयनको अवस्था चिन्ताजनक भएकोले मृत्यु हुनेको संख्या बढ्ने प्रहरीले जनाएको छ ।

शनिबार साँझ ४ बजे जगदलपुरदेखि राजधानी भुवनेश्वरका लागि निस्केको रेल राती ओडिसाको रायगढदेख ५३ किलोमिटर टाढा रहेको विजयनगरमको कुनेरुनजिक दुर्घटनाग्रस्त भएको थियो । रेलको इन्जिनका साथै १ लगेज भ्यान, २ जनलर बोगी, २ स्लीपर डिब्बा, १ थर्ड र १ सेकेण्ड एसी कोच लिक (पटरी)ंबाट बाहिर निस्किएको थयो ।

दर्घटनास्थल माओवादी प्रभावित क्षेत्रका रुपमा समेत चिनिन्छ ।
मुख्यमन्त्रीले ट्विटरमा जानकारी दिँदै उद्दार र राहतका लागि टोली पठाइएको जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्