डोनाल्ड ट्रम्पको बिरोधमा संसारभरी प्रदर्शन, डिसी र लण्डनमा लाखौं सडकमा (फोटो फिचर)

संसारका मुख्य शहरहरुमा स्वतःस्फूर्तरुपमा राष्ट्रपति ट्रम्पको बिरोध शुरु भएको छ ।

लण्डन, एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्डले कार्यकालको पहिलो दिन नै संसारभरीबाट बिरोधको सामना गर्नु परेको छ ।

संसारका बिभिन्न शहररुहरुमा ट्रम्पको बिरोधमा प्रदर्शन भएको हो । प्रदर्शनमा बढीजसो महिलाहरु सहभागी छन् ।

ट्रम्पको शपथ ग्रहण समारोहको भाषण र ओबामा केयरलाई सहयोग नगर्ने निर्णय लगत्तै राजधानी वाशिङ्गटन डिसीमा ५ लाख भन्दा बढी महिलाहरुले “उमेन्स मार्च अन वाशिङ्गटन”को ब्यानरमुनि ट्रम्पको बिरोध गर्दै प्रदर्शन गरेका थिए ।

याे पनि पढ्नुस  महिलासँग बसेर खाना खाएको आरोपमा एक विदेशी नागरिक पक्राउ

यसको समर्थनमा लण्डनमा समेत बृहत प्रदर्शन भएको छ । लण्डनमा ट्र्याफल्गर स्क्वायरदेखि अमेरिकी दूतावाससम्म मार्च गरिएको थियो । यसमा लण्डनका मेयर सादिक खान समेत सहभागी भएको विविसीले जनाएका छन् ।

सिडनी, ओस्लो, पेरिस, जेनेभा, खाडी देशलगायत संसारका अधिकांश शहरमा लाखौं मानिसले ट्रम्पको बिरोध गरेका छन ।

ट्रम्प राष्ट्रपति भएपछि महिला अधिकारहरु संकटमा पर्नसक्ने भन्दै बिरोध प्रदर्शन भएको हो । ट्रम्पले ओबामा प्रशासनले अघि सारेको स्वास्थ्यका क्षेत्रमा गरीब जनताले पाउने राहतको बिरोध गर्दै त्यसविरुद्ध कार्यकालको पहिलो निर्णय गरेका छन् ।

याे पनि पढ्नुस  महिलासँग बसेर खाना खाएको आरोपमा एक विदेशी नागरिक पक्राउ

ट्रम्पले महिला अधिकार र महिलाको अस्तित्वलाई नकार गरेको भन्दै प्रदर्शनकारीले “मेरो अस्तित्व स्वीकार गर”, “व्हाइट हाउसमा महिलाको स्थान कता ?” “महिलाको स्थान प्रतिरोधमा” जस्ता प्लेकार्ड बोकेर संसारभरी प्रदर्शन गरेका हुन ।

कमेन्ट गर्नुहोस्