घाँटी दुख्छ भने थाहा पाउनुस् कारण र उपचार

घाँटी को दुखाई (फयारेंजैटिस र टन्सिलाइटिस) घाँटी र गला को तह को सूजनबाट हुने पीडा, जलन र चिलाउने समस्या सँग सम्बन्धित हुन्छ ।यो प्रायजसो बालबालिका मा हुने संक्रमण को कारण ले हुने भएता पनि अरु उमेरका व्यक्तिलाई अरु कारणहरु ले पनि हुने सम्भावना हुन्छ ।घाँटीको खसखस, घाँटीमा ग्रन्थीहरू सुन्निनु, दबिएको आवाज, निल्न गाह्रो र कण्ठनलीमा सेता धब्बाहरू निस्कनु यसका लक्षण हुन् । घाँटी दुखेका व्यक्तिहरू ले ज्वरो, ठंडी, शरीर दुख्ने, टाउको दुख्ने, खोकी र नाक बाट पानी बग्ने जस्ता अन्य लक्षणहरू पनि अनुभव गर्न सक्छन् ।

घाँटी दुखनु सामान्यतयाः भाइरस को संक्रमण बाट हुने गर्दछ र कम समय को लागि हुनुका साथै घरेलु उपचार बाट निको पनि हुन्छ । तथापिव्याक्टेरिया ले गर्दा घाँटीको संक्रमण भएमा पीप पनि जम्न सक्दछ जसको उपचार एन्टिबायोटिक बाट गर्नुपर्दछ । केही स्ट्रेप्टोकोकसब्याक्टेरिया का कारण मुटु का भल्भ मा असर गर्ने बाथ ज्वरो वा मृगौला मा असर गर्ने ग्लोमरूलोनेफ्राइटिस जस्ता जटिलता उत्पन्न हुनसक्दछन् ।

कारणहरू :

. भाइरल संक्रमणः घाँटी दुख्ने रोगको यो मुख्य कारण हो । भाइरसद्वारा कण्ठनलीको सूजन इन्फ़्लुएञ्जा  (फ्लू) भाइरस, राइनोभाइरस्, एडेनोभाइरस (एप्सटिन–बार भाइरस (EBV), साइटोमेगालो भाइरस (CMV), आदि ले गर्दा हुन सक्दछ ।

. ब्याक्टेरियल संक्रमणः कीटाणु द्वारा हुने टन्सिल वा घाँटी को संक्रमण, भ्यागुते रोग आदि

. ट्यूमरः घाँटी र गलाको क्यान्सर

. वातावरणीय तत्वहरूः वातावरणबाट हुने एलर्जीजन्य प्रतिक्रियाहरू । जस्तैः ढुसी, पाल्तु पशुहरूको चायाँ, पराग, वायु प्रदूषण वा चूरोटकाधूवाबाट पनि घाँटी दुख्न सक्छ ।

चिकित्सक लाई कहिले भेट्ने ?

  • १०१ डिग्री फरेनहाइट भन्दा बढीको ज्वरो आएमा, जोर्नीको दुखाई भएमा, साँस लिन वा निल्न गाह्रो भएमा, घाँटीको सूजन भएमा, छालामाडाबर आएमा, गाढा पिसाबसँगै गला बसेमा ।
  • एक हप्ताभन्दा बढी समयसम्म घाँटी दुखेमा ।

घरेलु उपचार :

घाँटी दुखेको समस्यामा निम्न प्रकारका घरेलु उपचार गर्न सकिन्छ:

  • मनतातो नूनीलो पानीले कुल्ला गर्ने जसले घाँटीमा भएको दुखाई कम गरी घाँटीलाई आराम दिन्छ ।
  • पर्याप्त पानी पिएर पर्याप्त जलयोजन (हाइड्रेसन) गर्ने ।
  • सामान्य तरल पदार्थहरू जस्तैः मह मिसाएको मनतातो पानी वा नरम चिसो खाना जस्तैः हलुवा वा दुग्ध पदार्थ लिने ।
  • एलर्जी जन्य तत्वहरू जस्तैः धूवाँ, रसायन वा धूलो आदि बाट जोगिने ।
  • वाफ लिने र हावाको आद्रीकरण गर्ने जस्तैः तातो बाफयुक्त स्नानगृहमा धेरै समयसम्म बस्ने।
  • पारासिटामोल वा इबुप्रोफेन औषधी सेवन गरी जलन र दुखाई कम गर्ने । पेप्टिक अल्सर भएका रोगीहरूले र रक्तश्रावको जोखीम भएकाहरूलेयस्ता औषधी सेवन गर्न हुँदैन र वालवालिकालाई एस्पिरिन खुवाउनु हुँदैन ।

उपचार का विकल्पहरू :

घाँटी दुखाई को उपचार तेसको कारण र गम्भीरतामा निर्भर गर्दछ । रोगको इतिहास हेरेर र शारीरिक परीक्षण, कंठश्राव र रगत जाँचबाट घाँटी दुखेको  कारण पत्ता लगाउन सकिन्छ ।

  • घाँटी दुखेका धेरैजसो समस्याहरू आफै निको हुने खालका हुन्छन् र पारासिटामोल र मनतातो नूनीलो पानीले कुल्ला गर्दा निको हुन्छ ।
  • स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने घाँटी दुखेको उपचार एन्टिबायोटिकबाट गरिन्छ ।
  • स्ट्रेप्टोकोकस ब्याक्टेरिया बाट हुने जटिल खालको घाँटी दुखाई को उपचारका लागि पीप निकाल्नु पर्दछ वा वाथज्वरो भएकाे छ भने फेरि फेरि मुटु मा असर पर्न नदिन का लागि पूरै राेकथाम गर्न लामो समय सम्म एन्टिबायोटिक खानु पर्दछ ।
  • नाक बन्द भएमा नाक खोल्ने (डिकन्जेस्टेन्ट) र नाकको स्टेरोइड आवश्यक पर्दछ ।
  • बारम्बार भइरहने घाँटी दुखाईका लागि टन्सिल हटाउन गरिने शल्यक्रिया आवश्यक पर्न सक्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: