हार्यो लिभरपुल, स्वायन्सा सिटीको ३–२ को जीत

काठमाडौं, माघ ९ । इङ्लिस प्रिमियर लिगमा बलियो क्लब मानिएको लिभरपुलमाथि अंक तालिकाको पुच्छरमा रहेको स्वायन्सा सिटीले ३–२ को जित निकालेको छ ।

शनिबार राति भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरी खेलेका लिभरपुल र स्वायन्साले दोस्रो हाफमा आक्रामक खेल पस्केका थिए । दोस्रो हाफको ४८ औं मिनेटमा फर्नान्डो लोरेन्टेले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ४ मिनेटभित्रै अर्थात ५२ औं मिनेटमा उनै फर्नान्डो लोरेन्टेले अर्को गोल थपेर स्वायन्सालाई २–० ले अघि बढाए ।

५५ औं मिनेटमा लिभरपुलका लागी फिरमिन्होले गोल फर्काएर खेलमा फर्कने संकेत गरे । उनैले ६९ औं मिनेटमा अर्को गोल थपेर खेललाई बराबरीमा ल्याए तर ७४ औं मिनेटमा सिगुर्डसनले स्वायन्साका लागी अर्को गोल थपे । दोस्रो हाफमा मात्रै ५ गोल भएको खेलमा अरु गोल पनि हुने अनुमान लगाईरहेका दर्शक त्यतिबेला निराश भए जतिबेला रेफ्रीले समय सकिएको जनाउ गरे ।
यो पराजयसँगै लिभरपुलको उपाधि दावी करिबकरिब सकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: