कांग्रेस नेताकै अगुवाईमा उदयपुरमा बन्दै गरेको पुल निर्माण रोकियो !

‘हातले कोट्याउदा भत्किने पुल हामीलाई चाहिदैन बरु पुल नै नबनोस ।’

उदयपुुर माघ ९ । आफ्नै नेताले ल्याएको भनि प्रचार गरिएको एक योजनाको निर्माणमा नेपाली काग्रेसका कार्यकताले नै अवरोध गरेका छन । उदयपुरको रामपुर ठोक्सिला स्थित गिदेरी खोलाको निर्माणधीन पुल निर्माणमा अवरोध गरेका हुन ।

कम गुणस्तरको निर्माण समाग्री प्रयोग गरेको भन्दै काग्रेस गाउँ पार्टी सभापती शुशिल सेडाईको नेतृत्वमा पुल निर्माणमा रोक लगाईएको हो । पुलको पिल्लरको फाउन्डेसनमा प्रयोग गरिएको गिटी बालुवा कमसल भएको भन्दै काग्रेस, एमाले, माओवादी र ससपाले पुल निर्माणमा रोक लगाएका छन । स्थानीय राजनैतिक दलको संयुक्त टोली डिभिजन सडक कार्यालय लहान गई पुलको गुणस्तर जाँच नगरी काम अगाडी नबढाउन माग गरेका छन ।

२०७४ साल असारमा निर्माण सम्पन्न गरिसक्नु पर्ने पुलमा लगाईएको गिटी बालुवा कमसल प्रयोग गरेकोले निर्माण कार्य रोक्नु परेको काग्रेस गाँउपार्टी सभापती शुसिल सेडाईले बताए । ‘हातले कोट्याउदा भत्किने पुल हामीलाई चाहिदैन बरु पुल नै नबनोस ।’ नेता सेडाईले भने- ‘यहाँ डिभिजन सडक कार्यालय लहानको प्रमुख र मुख्य ठेकेदार नआई काम हुदैन ।’ यहाँ आएका डिभिजन सडक कार्यालयका इन्जिनियरले केही गर्न सक्दैनन त्यसकारण दुई जना प्रमुख नआई पुल निर्माण अगाडी बढाउन नदिने आक्रोशित हुदै घोषणा नै गरे ।

याे पनि पढ्नुस  पचास हजार घुससहित रंगेहात पक्राउ नापीका प्रमुख

डिभिजन सडक कार्यालय लहानका प्रतिनिधी र ठेकेदारलाई निर्माण स्थलमा नै लगेर काग्रेस, एमाले, माओवादी केन्द र संघीय समाजवादी पार्टीका स्थानीय प्रतिनिधीहरुले पुल निर्माण स्थानीयहरुको सरोकार रहेकोले गुणस्तरयुक्त काम हुनु पर्ने माग गरे ।

काग्रेस नेता तथा सासद खड्काले निर्वाचन आउन लागेकाले भोटको लागि ठेकेदार पठाएर काम गरे जस्तो गरेको एमालेका नेता दुर्गा कुमार थापा स्वस्तीकले बताए । ‘उक्त पुल पहिलो संविधान सभाको चुनाव ताका २०६४ मा पहिलो पटक शिलान्यास गरे, दोस्रो पटक २०६९ सालमा पुलको योजना परेपछि गरे, तेस्रो पटक २०७० सालमा जम्मा तिन पटक शिलान्यास भएको पुलको हालत यस्तो हुनुमा सांसद खड्का नै दोषी हुन ।’ नेता स्वस्तीकले भने ‘आफुले शिलान्यास गरेको आफ्नो निर्वाचन क्षेत्रको पुल ३ बर्ष वित्दा पनि नबन्नु भनेको नेता खड्काको ठेकेदार सगँ मिलेमतो हो ।’

याे पनि पढ्नुस  उत्पादनमा कमी आएपछि आँपको मूल्यमा दोब्बरले वृद्धि

उता माओवादी केन्द्रका प्रतिनिधी सुमन कटुवालले पनि पुलमा गुणस्तरयुक्त निर्माण समाग्री प्रयोग गर्नु पर्नेमा जोड दिए । उनले भने ‘हामीले डिभिजन सडक कार्यालयमा पनि ज्ञापन पत्र बुझाएका छौ, सडकका ईन्जिनियर आउनु भएको छ, उहाँबाट समास्याको समाधान हुदैन ।’

पप्पु/मृत संजिवनी जेभी बानेश्वरले १४ करोड लागतमा निर्माण सम्झौता गरेको उक्त पुल मधेश आन्दोलन लगायत विभिन्न कारणले गर्दा ढिलाई भएको सडक डिभिजन कार्यालय लहानका ईन्जिनियर सोभित लाल ठाकुरले बताए । उनले भने ‘ढिलो हुनुको एउटा कारण त नाकाबन्दी नै हो तर ठेकेदारले चासो नदिएको कारणले पुल निर्माणमा ढिलाई भएको हो ।’ कम गुणस्तरको निर्माण समाग्री प्रयोग नगरी अर्काे निर्माण सामाग्री प्रयोग गर्ने इन्जिनियर ठाकुरले बताए । पुलको पील्लरको फाउन्डेसनमा प्रयोग भएको गिटी, बालुवा कमसल भएको भनि स्थानीयले हटाउन माग गरेको थिए ।

याे पनि पढ्नुस  संचारको दुनियाँमा ‘जनभाव’ को सुरुवात

२०७४ सालमा असार भित्र निर्माण सम्पन्न हुनुपर्ने पुल ६ महिनामात्र बाँकी रहदा १० प्रतिसत भन्दा बढी काम हुन सकेको छैन । तिन बर्ष सम्म काम नगरी बसेको ठेकेदार स्थानीय तथा संसदीय चुनाव गर्ने चर्चा सगै नेता खड्काले काम गरे जस्तो गर्नको लागी पठाएको हुन सक्ने आरोप स्थानीयको छ । ७ वटा आरसीसी पिल्लर रहेको उक्त पुलमा ६ वटा स्पाम रहने जनाईएको छ ।
तीनवर्ष अघि काग्रेस नेता तथा उदयपुर क्षेत्र नं. १ का सांसद डक्टर नारायण खड्काले बडो तामझामका साथ शिलान्यास गरेको पुल काग्रेस कार्यकर्ताले नै गुणस्तरहीन भएको भनि सडका इन्जिनियरलाई देखाउनको लागि पुल हम्मरले फुटाउन व्यस्त थिए । २०७० सालमा असारमा नेता खड्काले शिलान्यास गर्दा ताली पिटने काग्रेस कार्यकर्ता पुल कमसल भएकोमा चिन्तित देखिएका थिए । सांसद डाक्टर खड्काको आडमा ठेकेदारले गुणस्तरहीन काम गरेको स्थानीयले आरोप लगाएका छन ।

कमेन्ट गर्नुहोस्