तीन वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ

बनेपा, माघ ९ । करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका–११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ ।

तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु.पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए ।

उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: