न्युरो अस्पताल बाँसबारीमा झडप, दर्जनौ चिकित्सकसहित प्रहरीसमेत घाइते

काठमाडौ, माघ ९ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएपछि त्यहाँ अहिले स्थिति तनावग्रस्त बनेको छ ।

सवारी दुर्घटनामा घाइते भएका युनिस नगरकोटीको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा तोडफोड गर्न थालेका हुन् ।

नगरकाेटीकाे मृत्यु हुनासाथ उनकाे अाफन्तजनले अन्धाधुन्ध परिसरमा अाक्रमण गरेका थिए । अस्पतालका सामान तथा चिकित्सकहरुमाथि नै अाक्रमण गरेपछि चिकित्सकहरुकाे भागाभाग भएकाे   थियाे । अाक्रमणबाट दर्जनौ चिकित्सक तथा कर्मचारीहरु घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रण गर्न खोज्दा महानगरिय प्रहरी परिषर महाराजगञ्जबाट गएको टोली र विरामीका आफन्तबीच पनि केही समय झडप भएको थियो । झडपमा केही प्रहरी समेत घाइते भएका छन् । अाक्रमणमा स‌ंलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा  लिएकाे छ ।

कमेन्ट गर्नुहोस्