नेपालमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने, सुरू भयो चार महिने अभियान

काठमाडौँ, माघ ९ । काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने भएको छ । विश्वका बौद्धिक व्यक्तिहरूलाई काठमाडौँमा उपस्थित गराई सम्मेलन गर्न लागिएको हो । नेपाललाई बनाऔं अध्ययन, अनुसन्धान र अन्वेषणको थलो’ भन्ने नारासहित माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीबी संगठनले सम्मेलनको लागि चार महिने ‘राष्ट्रिय बौद्धिक अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
संगठनको शनिबार सकिएको केन्द्रीय समिति बैठकले अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गर्ने निर्णय गरेको संगठनका अध्यक्ष नरेश भण्डारीले जानकारी दिए ।

याे पनि पढ्नुस  लागुऔषध मानव समाजको क्यान्सर हो : कानूनमन्त्री भण्डारी

चार महिनासम्म चल्ने अभियानले अन्तर्राष्ट्रिय स्तरको बिचार गोष्ठी(बौद्धिक सम्मेलन आयोजना गर्नका लागि आधारशिला खडा गर्ने,अन्तर्राष्ट्रिय बामपन्थी वुद्धिजिवी संगठनहरुसँग भाइचारा सम्बन्ध स्थापित हुने र विश्वभरका बौद्धिक व्यक्तिहरुसँगको विचार आदान–प्रदानले नेपालमा संभावनाको खोजीलाई सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए ।
संगठनको वैठकले माघ २२ गते ७५ वटै जिल्लामा बौद्धिक अभियान अभियानको उद्घाटन गर्ने निर्णय गरेको अध्यक्ष नरेश भण्डारीले बताए ।

याे पनि पढ्नुस  स्वीटजरल्याण्डभन्दा बढी अवसर ६ नम्बर प्रदेशमा

०७४ बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने, अन्वेषण प्रतिष्ठान स्थापनार्थ बिधेयक दर्ता गर्ने, अन्तर्रा्ष्ट्रिय स्तरको बौद्धिक सम्मेलन आयोजना गर्ने, माक्र्सवादको बिकासका लागि बहस थाल्ने र अनुसन्धानात्मक कार्यहरूमा जोड दिने लगायतका निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्