संवेदनशील विषयमा ध्यान पुर्याउन स्रष्टासँग आग्रह

काठमाडौँ, माघ ९ । मनोहरा साहित्य समाजको नियमित कार्यक्रम अन्तर्गत सोह्रौँ शृङ्खलामा दश कविले दुई दुई कविता वाचन गरेका छन्।

राम विनय र विशिष्ट अतिथि प्राज्ञ बूँद राना तथा टिप्पणीकर्ताका रुपमा अतिथि हरि गौतम तथा कवि तथा गीतकार जसध्वज गुरुङले सभापतित्व गरेको थियो ।

कार्यक्रममा रामबहादुर पहाडी, जय छाङ्छा, नारायण तिवारी, छविरमण सिलवाल, गोविन्द नेपाल, अनिल पौडेल, श्यामबहादुर भावुक, भुवनराज सिवाकोटी, रत्ननिधि रेग्मी शुक्राचार्य र डिल्लीराज अर्यालले कविता वाचन गर्नु भएको थियो ।

वाचित कवितामाथि टिप्पणी गर्दै हरि गौतमले कविताका विशेषता, सरलता, त्यसले पार्ने प्रभाव बारेमा उल्लेख गरे । त्यस्तै बुँद रानाले भैरहवा लगायत तराईका फाँटहरुलाई अहिले अमनचैनको अवस्था नभएकाले संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टालाई आग्रह गरे।

साहित्यकार राम विनयले मनोहरा साहित्य समाजको कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेको थियो । साहित्यकार जसध्वज गुरुङ, मुखाले रेग्मी र शीतल गिरीले स्रष्टाहरुको सदैव सहभागिताको अपेक्षा गरे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: