लोकसेवा परीक्षामा सोधिने प्रश्नको उत्तर जानिराखौं

० नेपालमा पहिलो पर्वतिय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ?
– वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म

० गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ?
– वि.सं २०७० भदौ २५ गते

० एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
– जापान

० भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ?
– कलिङको युद्ध

० इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?
– ग्रिस

० नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?
– गोसाईकुण्ड

० विश्व वन्यजन्तुकोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल

० सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरु गरिएको हो ?
– वि.सं २०७१ पुस १ गते

० नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते

० नेपाल सरकारले मिति २०७१ मंसिर १६ गते ६१ थप नगरपालिका थपे सगैँ नगरपालिकाको कुल संख्या १९१ पुगेको छ भने कुल गाविस संख्या घटेर कतिमा झरेको छ ?
– ३२७६

कमेन्ट गर्नुहोस्

%d bloggers like this: