राँगाको आक्रमणबाट मृत्यु

सप्तरी, माघ ९ । कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ ।

कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहुँ खातमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ ।

राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: