१२ वर्षदेखि विद्युत चोरीमा संलग्न सुपरभाइजरसहित प्राधिकरणका १६ जना पक्राउ

काठमाडौँ, माघ ९ । विगत १२ वर्षदेखि विद्युत चोरीमा संलग्न नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले नेपाल विद्युत प्राधिकरण बालाजु शाखाका सुपरभाइजर सुमन श्रेष्ठ, प्राधिकरण शाखा भक्तपुरका पूर्वसुपरभाईजर भगवान पाण्डे, प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की, ८ जना मिटर रिडर र प्राधिकरणका कर्मचारीसँग मिलेर विद्युत चोरी गर्दै आएका पाँचजना उद्योग, व्यवसाय सञ्चालकलाई पनि पक्राउ गरेको छ ।

उपत्यकासहित देशका विभिन्न जिल्लामा मिटर बिगार्ने, उल्टो घुमाएर रकम कम उठेको देखाइ थोरै रकम तिराउने कार्यमा संलग्न प्राधिकरणका ११ जना कर्मचारीसहित १६ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कका वरिष्ठ सहायक दिलबहादुर साउद पनि रहेका छन् ।

यी हुन् मिटर विगार्ने रिडरहरू

मनिष श्रेष्ठ, महादेव प्रधान, अच्युत खड्का, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सूर्यबहादुर थापा, ठाकुर महर्जन छन् । त्यस्तै, गोकर्णेश्वरको मन्जुश्री खानेपानी फ्याक्ट्रीका सञ्चालक कुमार लामा, गौशालाको मिठाई पसल सञ्चालक तपन घोष, नक्सालका कपास व्यापारी परवेज आलम र अनामगरको रामेश्वर मिठाइ पसलका सञ्चालक रमेश चुँडाल पनि विद्युत् चोरीको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ परेकाले प्रत्येक दिन २० देखि २५ ठाउँमा यस्तो काम गर्दै आएको महाशाखाका अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले काठमाडौं उपत्यकासहित देशभरका दर्जनौं उद्योग, कलकारखाना, गार्मेन्ट, होटल, लज तथा व्यक्तिविशेषका घरहरुमा विद्युत् मिटरमा अंक घटाइ विद्युत खपत बढाएको र लोडसेडिङमा समेत प्रभाव पार्नेगरी काम गरेको प्रहरीको भनाइ छ ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: